बक्स अफिसमा हिट ‘छ माया छपक्कै’, कति कमायो ?

असोज २६, काठमाडौं । हास्य कलाकार एवम् अभिनेता दिपक राज गिरी र नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘छ माया छपक्कै’ ले ‘छक्का पञ्जा ३’ को रेकर्ड ब्रेक गरेको छ ।   

असोज २४ गते शुक्रबार देखि प्रर्दशनीमा आएको उक्त चलचित्रले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको निर्माण टिमले जानकारी दिएको छ । १ करोड ५५ लाखमा ओपनिंग गरेको फिल्मले शनिबार १ करोड ९० लाखको आसपास कलेक्सन गरेको बताइएको छ ।  यो फिल्मले बक्स अफिसमा ३ करोड ४५ लाख जम्मा गरिसकेको छ । 

दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दिपक, केकीसँगै जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायतलाई मुख्य भूमिकामा देख्न सकिन्छ । 

Image may contain: 22 people, crowd and outdoor

तस्विरः कलाकार केदार प्रसाद घिमिरेकाे फेसबुकबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *