रणवीरले किन आलियासँग फिल्म खेल्न अस्विकार गरे ?

कार्तिक ३, भारत  । बलिउड अभिनेता रणवीर सिंहले आलिया भट्टको मुख्य भुमिका रहने फिल्म ‘गंगूबाई’ मा अभिनय गर्न अस्वीकार गरेका छन् । निर्देशक सञ्जय लीला भन्सालीले रणवीरलाई फिल्ममा केमियो रोल अफर गर्दा उनले फिल्म खेल्न अस्वीकार गरेका हुन् । 

निर्देशक भन्साली सलमान खान र आलिया भट्टलाई लिएर फिल्म ‘इन्शाअल्लाह’ बनाउने तयारीमा रहेका थिए । तर सलमान खानले फिल्मको सुटिङ सुरु हुनु भन्दा अगाडी नै छोडे । सलमानले फिल्म छाडेपछि भन्सालीले आलियालाई लिएर फिल्म गंगुबाईको घोषणा गरे । उनले आफ्नो नयाँ फिल्मको लागि रणवीर सिंहलाई केमियो रोल अफर गरेका थिए । भन्सालीको अफरलाई रणवीरले अस्विकार गरेका छन् । 

आलिया र रणवीरले ‘गल्लीब्वाई’मा जोडीको रुपमा प्रस्तुत भएका थिए । यो फिल्मले बक्स अफिसमा सफलता हात पार्नुको साथै निकै तारिफ पनि बटुलेका थिए । तर रणवीरले आलियाको नयाँ फिल्ममा अभिनय गर्न अस्विकार गरेका छन् । आलिया यतिबेला आफ्नै होम प्रोडक्सनमा निर्माण भएको फिल्म ’सडक २’ को सुटिङमा व्यस्त छिन् भने रणवीर सिंह स्पोटस् ड्रामा फिल्म ‘८३’ मा काम गरिरहेका छन् । एजेन्सी 

Related image

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *