‘बधाई छ सभामुखलाई, उनका दिदीबहिनी अझै बलात्कृत भएका छैनन्’

कविताः बधाई छ सभामुखलाई 

बधाई छ सभामुखलाई, 

किनकि 

Image result for स्वागत नेपाल

देशमा यति धेरै बलात्कारहरु भइरहेका छन् 

तर उनका आमा दिदीबैनीहरु अझै बलात्कृत भएका छैनन् 

  

बधाई छ राष्ट्रपतिलाई 

अझ बधाई छ प्रथम महिला राष्ट्रपतिलाई 

किनकि देशभरि यति धेरै बलात्कारहरु भइरहेका छन् 

तर उनी अझै बलात्कृत भएकी छैनन् 

बधाई छ( बलात्कारीका लागि प्रिय राष्ट्रपतिलाई… 

  

बधाई छ प्रधामन्त्रीलाई 

किनकि उनैले पालेका बलात्कारीहरुले 

उनकै श्रीमतिलाई बलात्कार गरिहालेका छैनन् 

उनका श्रीमति र नातागोताहरुलाई प्रेमपूर्वक छोडिदिइरहेका छन् 

उनका सुरक्षाकर्मीले संरक्षण गरिरहेका छन् 

हामीलाई गृहमन्त्रीले सुरक्षा दिएर होइन 

कसैले नमारिदिएर, कसैले बलात्कार नगरिदिएर बाँचिरहेका छाँै 

बधाई छ बलात्कारीका प्रिय प्रधानमन्त्रीलाई 

सरकारका सबै मन्त्रीहरुलाई 

बधाई छ प्रथम महिला प्रधानन्यायाधीसलाई 

किनकि उनकै अदालतले 

निर्दोष भनेर छोडिदिएका बलात्कारीहरुले 

छुटिसकेपछि 

सुशिलाहरुलाई छोडिदिएर 

फेरि बाहिर निस्किएर 

पूजा, कुमारी, अमृता हुँदै 

निर्मलाहरुलाई मात्र बलात्कार गरेका छन् 

बधाई छ बलात्कारीका प्रिय न्यायाधीस, 

पूर्वप्रधानन्यायाधीस सबैसबैलाई 

  

बधाई छ प्रथम महिला सभामुखलाई 

किनकि देशमा यति धेरै बलात्कार भइरहेका छन् 

तर उनलाई अझै केही पनि भएको छैन । 

बधाई छ, बलात्कारीका प्रिय सभामुख 

गृहमन्त्री सांसद र सबै प्रहरीहरुलाई 

किनकि उनीहरुका श्रीमति र छोरीहरु पनि 

अझै बलात्कृत भएका छैनन्, 

महिला पनि सत्तामा पुगेपछि पुरुष बन्दोरहेछ 

बधाई छ तपाईहरु सबैसबैलाई… 

  

एमालेलाई पनि ठिकै लाग्यो निर्मला मारिएपछि 

किनकि कांग्रेसको एउटा भए पनि भोट घट्यो 

कांग्रेसलाई पनि ठिकै लाग्यो अमृता मारिएपछि 

किनकि एमालेको एउटा भए पनि भोट घट्यो 

मधेसवादी, जनजातिवादी, साझा विवेकशील राप्रपा 

कसैलाई केही भएन 

किनकि विरोधी पार्टीको एउटा भए पनि कायकर्ता घट्यो 

बधाई छ तपाईँ सबै कायकर्ताहरुलाई 

भगवान् बुद्ध १ तिम्रो देशमा विद्याको शासन छ 

त्यसैले तिम्रो पनि ईच्छा पूरा भयो होला 

तिमीलाई पनि बधाई छ… 

  

(अधिवक्ता स्वागत नेपालको फेसबुकबाट) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *