चलचित्र ‘प्रेम संसार’को दोस्रो गीतमा बुगी बुगी बिजेता कविताको ठुम्का

असोज ३०, काठमाडौँ । बिहिबार चलचित्र  ‘प्रेम संसार’को दोस्रो गीत ‘सुन सुन चम्पा’ सार्वजनिक गरिएको छ । 

सार्वजनिक गरिएको ४ मिनेट भन्दा लामो गीतमा बुगी बुगी बिजेता कविता नेपाली, प्रेम सोनी र मोनिका दाहालले ठुम्का लगाएका छन् ।   

रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर दिएको यस गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने  एकेन्द्र सारा संसारको कोरियोग्राफी रहेको छ । 

यस गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक गौतमले जानकारी दिएका छन् । फिल्मको हाइप निर्माणमा ‘सुन सुन चम्पा’ गीतले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास निर्माण पक्षले लिएको छ । 

प्रेमकथामा आधारित यस चलचित्रमा कलाकार प्रेम सोनी, कविता नेपाली, आयुष्मा कार्की, मोनिका दाहाल विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यमबहादुर विक, विजय सुनार, टंक मरासैनी, किशोर पाण्डे लगायतका भूमिका रहेको छ ।   

मंसिर १३ गतेबाट प्रदर्शन मिति तोकिएको यस चलचित्रलाई सोनी फिल्मस्को प्रस्तुतिमा राम गौतमको निर्देशन गरेका हुन् । चलचित्रमा उतम केसी र देविन गहतराज कार्यकारी निर्माता, कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् ।   

भिडियाे हेर्नुस् 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *