बसले कुखुरालाई ठक्कर दिएपछी चक्काजाम

कार्तिक ९, काठमाडौँ । दाङमा बसको ठक्करबाट २ केजीको कुखुराको भाले मरेपछी स्थानियले क्षतीपूर्तिको माग गर्दै चक्काजाम गरेका छन् । 

बिहिबार दिउँसो दाङको तुलसीपुर उपमहानगरपालिका १४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानियले सडकमा ढुंगा, काठ, बाँस राखेर चक्काजाम गरेका हुन् । 

खैराहा-कोठारी सडकखण्डमा चल्ने बसले स्थानीयको भाले मारेर भागेपछि  केही घण्टा सडक अवरुद्ध भएकाे स्थानिय वडा सदस्य वन्धु चौधरीले जानकारी दिएका छन् ।   

उनका अनुसार बस व्यवसायी र पीडित पक्षबीच २ केजी भाले बराबार १ हजार २ सय रुपैयाँ क्षतिपूर्ति तिर्ने  सहमती भएपछी हाल त्यहाँको चक्काजाम खुलाईएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *