आमाको निकै मार्मिक फस्टलुकमा सुरक्षाकाे यस्ताे रूप

असोज १६, काठमाडौँ । महाशिवरात्रीको मौका छोपेर प्रदर्शन मिति फागुन ९ गते तय भएको चलचित्र ‘आमा’को फस्टलुकमा ३ पोष्टर सार्वजनिक गरिएको छ ।   

निकै मार्मिक देखिएको फस्टलुको पोष्टरमा चलचित्रको मुख्य पात्र सुरक्षा पन्तलाई  कपाल मुण्डन र अर्ध मुण्डन गरिएको अवस्थामा देखाईएको छ । सार्वजनिक गरिएको फस्टलुकमो पोष्टरमा सुरक्षासँगै  चलचित्रको अर्की मुख्य पात्र मिथिला शर्मा पनि अटाएकी छिन् । 

नेपाली समाजमा आमा–बुबाको मृत्युपछी छोरीलेले दागवत्ती दिन हुदैन भन्ने चलनको बिरुद्धको बिषयबस्तुमा तयार पारिएको यस चलचित्रलाई दीपेन्द्र के. खनालको निर्देशन गरेका हुन् ।   

आमा र छोरीको कथामा निर्माण भएको यस चलचित्रमा सुरक्षा र मिथिलासँगै देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायत कलाकारको अभिनय रहेको छ ।   

नेपाली चलचित्र  ‘आमा’को नाम सापटी लिएर बनाइएको यस चलचित्रलाई  लेखन तथा छायाँकन पनि निर्देशक आफैको रहेको छ । डीएस डिजिटलको ब्यानरमा तयार पारिएको यस चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *