आजको राशिफलः यी राशी भएका व्यक्तीहरुको भाग्य चम्किने

असोज २९ , काठमाडौँ । आज मिति २०७६ साल असोज महिनाको २९ गते बुधवार, तदअनुसार अक्टोबर महिनाको १६ तारिख सन् २०१९ । आजको राशिफल यसप्रकार छ । 

मेषआफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमकोपनि उचित मूल्याङ्कन हुनेछ । 

वृषप्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । 

null

मिथुनमित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । गरेका कामबाट राम्रै लाभ होला । बौद्धिकताको विकासपनि हुनेछ । 

कर्कटमहिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । 

सिंहरोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । पढाइमा प्रगति हुनेछ । 

कन्याआज यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा आर्थिक सङ्कट आउन सक्छ । 

तुलाआजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । छोटो दुरीको लाभदायक यात्रा रहला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । 

वृश्चिकनसोचेको ठाउँ बाट धन हात पर्नेछ । नयाँ काममा हात हाल्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ । 

धनुघरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ । 

मकरकलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । बन्दव्यापारमा मन्दी छाउनेछ । 

कुम्भराजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । 

मीनरमणीय र सुखद् यात्राको योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिष्ठान्न भोजनको अवसरपनि प्राप्त हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *