सुनको ट्वाइलेटमा रहेको आची चोरिएपछी…

असाेज १३, काठमाडौं । बेलायतको ब्लेनहेम दरबारमा राखिएको ५० लाख पाउन्ड मूल्य बराबरको सुनको पाइखाना चोर्ने दोस्रो प्रयास पनि असफल भएको छ।  

प्रहरीले पाइखाना त फेला पारेको छ तर पाइखानाभित्र सुनको ‘आची’ भने फेला पार्न सकेको छैन। चोरी भएको सो सुनको पाइखाना इटालेली कलाकार मौरिजियो क्याटेलनले निर्माण गरेका हुन्। 

चोरीमा संलग्न भएका व्यक्तिहरु मध्ये पहिले नै एक जनालाई पक्राउ गरिसकिएको थियो भने पछिल्लो समय अर्का एक फेला परेका छन्। यो पाइखाना गएको शनिबार बिहानै चोरी भएको थेम्स भ्याली प्रहरीले जनाएका छन्। 

‘पाइखाना त फेला पर्यो तर पाइखानाभित्र राखिएको सुनको आची भने अझै फेला पार्न सकिएको छैन,’ एक प्रहरीले बताए। 

१८ औँ शताब्दीमा निर्माण भएको अक्सफोर्ड सायर क्षेत्रको यो दरबारमा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल पनि जन्मिएका थिए। उनी जन्मिएको कोठाको ठीकअगाडि सुनको पाइखाना थियो।एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *