आज कार्तिक १२ गते मंगलवार, यस्ताे छ आजकाे पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ कात्तिक १२। मंगलबार। इ.स. २०१९ अक्टोबर २९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। प्रतिपदा, ७:५१ उप्रान्त द्वितीया। नक्षत्र– विशाखा, २६:१९ बजेउप्रान्त अनुराधा। योग– आयुष्मान्, १८:३३ बजेउप्रान्त सौभाग्य। करण– वव, ७:५१ बजेदेखि वालव, १९:०२ बजेउप्रान्त कौलव। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– तुला, २०:३१ बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:१३ बजे, सूर्यास्त– १७:२१ बजे र दिनमान २७ घडी ० पला। गोवर्द्धन पूजा, नेपाल संवत् ११४० प्रारम्भ (न्हू दया) 

आजको राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ काम वा रोजगार पाईनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पढाइमा प्रगति हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । मान प्रतिष्ठामा बृद्धि होला । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक ठाउँमा धन खर्च होला । घर व्यवहारमा झमेला रहला । सामान हराउने वा नष्ट हुने योग छ । समय प्रतिकुल भई कुलतमा मन जानेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । शिक्षामा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । बन्दव्यापारबाट राम्रै आय हुनेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ । सामान हराउन सक्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विद्या र बुद्धिको विकास हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रने छ । चोटपटकको भयछ, सचेत रहनुहोला । – ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *