दशैंको अवसरमा विराटनगरमा दशैं धमाका हुँदै

असोज १४, विराटनगर । शुभ वेंक्विट एण्ड रेष्टुरेन्टको आयोजनामा विराटनगरमा दशैं धमाका हुने भएको छ । स्थानीय कलाकारलाई संरक्षण र प्रवर्द्धन गर्नका निमित्त विराटनगर ४ मा कार्यक्रम हुने भएको हो । विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर शुभ शुभ वेंक्विट एण्ड रेष्टुरेन्ट कञ्चनवारीले स्थानीय र राष्ट्रिय कलाकारको उपस्थितीमा दशैं धमाका गर्न लागेको जनाएको छ । 

शुभ उभा वेक्विट एण्ड रेष्टुरेन्टको आयोजना र भाइरल इभेन्ट इन्टरटेनमेन्टको सहयोगमा असोज १७ गते शुक्रवार दशैं धमाका २०७६ हुने भएको छ । 

कार्यक्रममा आशिश राणा (एके लाहुरे), हुमन आचार्य, शुभम् न्यौपाने, डिजे सानीस लागायतका कलाकारहरुको प्रस्तुति रहने आयोजक संस्थाका प्रोप्राइटर गोविन्द मानन्धरले बताए ।  सो कार्यक्रमको उद्देश्य नेपाली गीत संगितको प्रवर्द्धन गर्नु र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नु रहेको भाईरल इभेन्टस इन्टरटेनमेन्टका मेनेजर करण जैनले बताए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *