आँचललाई गाली नर्गन पलको अनुरोध

भाद्र १५, काठमाडौँ । नायक पल शाहले  सामाजिक संजालमा स्टाटस अपडेट गर्दै नायिका आँचल शर्मालाई गाली नगर्न आफ्ना फ्यानहरुलाई अनुरोध गरेका छन् ।   

उनले केही घण्टा अघी आफ्नो फेसबुक वालमा एक स्टाटस पोष्ट गदै  नायिका  आँचलको नाम आफूसँग जोडेर उनलाई गाली नगर्न अनुरोध गरेका हुन् ।   

उनले आफ्नो र आँचलको सम्बन्ध स्पष्ट पार्दै आफू र आँचल एउटा राम्रो साथि भएको र साथी नै रही रहने जानकारी गराएका छन् ।   

उनले लेखेका छन् ‘केहि दिन देखी सामाजिक सन्जालहरुमा आचल जी लाई गाली गलौज गरेको देखिरहेको छु यसैले उहाँको नयाँ जिबन र हाम्रो मित्रता लाई गलत बुझेर सामाजिक सन्जालमा उहाँलाई गाली नगरिदिनु होला ।’ 

चलचित्र ‘नाई नभन्नु ल ४’मा सँगै काम गरेपछि पल र आँचलविच प्रेम सम्बन्ध रहेको खबरहरु बाहिरिएको थियो । तर यी खबरहरु पलले उक्त स्टाटस मार्फत  अफबाह मात्रै रहेको जानकारी गराएका छन् ।   

पल र आँचल दर्शकले निकै मन पराएका जोडी हुन् । उनीहरुको प्रेम सम्बन्धका खबरहरु बाहिरिएपछी उनीहरुका फ्यान निकै खुशी भएका थिए ।   

तर केही समय अघी आँचल उदिप श्रेष्ठको प्रेममा परेको खबरहरु बाहिरिएपछी पलका फ्यानले आँचललाई  सामाजिक संजालमा निकै गाली गर्दै आईरहेका छन् ।   

पलले आफ्ना शुभचिन्तकलाई हरितालिका तिजको शुभकामना दिदैँ  आँचलको जिबनबारे बिषयमा आफूलाई नजोडन अनुरोध गरेका हुन् ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *