आफ्नै मजाक बनाएर हाँस्ने व्यक्ति धेरै बाँच्ने

भाद्र १९ ।  प्रकृतिले मान्छेमा हाँस्ने र रुने दुवै गुण दिएको छ । हामी जुनसुकै बाहनामा पनि हाँस्न सक्छौ । जब हाँस्छौ, दिल खोलेर हाँस्नुपर्छ । हाँस्नु स्वास्थ्यका लागि निक्कै फाइदाजनक हुन्छ । भनिन्छ नि जति हाँसिन्छ उति नै बाँचिन्छ । 

मुस्कुराउँदा वा हाँस्दा के हुन्छ ? मन प्रशन्न हुन्छ । मन प्रशन्न हुनु भनेको हृदयलाई स्वस्थ्य राख्नु हो । मस्त हाँस्दा शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । रक्तसंचार राम्ररी हुन पाउँछ । शरीरभित्र अक्सिजन पर्याप्त पुग्न पाउँछ । अनुहारको मांसपेशीको व्यायाम हुन्छ । आसपासको माहौल रमाइलो बन्छ । मनमा सकारात्मक भाव पैदा हुन्छ । पिर, चिन्ता, तनाव, कुण्ठा हराउँछ । भनिन्छ, शरीरमा रोगसँग लड्ने क्षमता पनि बढ्छ । 

एक अध्ययनको अनुसार आफैंमाथि चुट्किला भनेर हाँस्ने व्यक्तिहरूको मानसिक स्वास्थ्य गज्जब हुने पत्ता लागेको छ । योगी विकासानन्दले त्यसै भनेको होइनन्, ‘जसले हाँस्न जानेको छैन, उसले बाँच्न पनि जानेको छैन ।’ असली जीवनको स्वाद लिनका लागि मस्त हाँस्न पनि जान्नुपर्छ । अक्सर स्वस्थ्य, तन्दुरुस्त, प्रशन्न, सकारात्मक व्यक्तिहरु हाँसिरहेका हुन्छन् । 

Image result for हाँस्ने

यसरी हाँस्न सकिन्छ : 

– बिहान मस्त हाँसेपछि शरीरमा पर्याप्त अक्सिजन आपूर्ति हुन्छ । रक्त प्रवाह राम्ररी हुन्छ । मन प्रशन्न हुन्छ । सकारात्मक भाव पैदा हुन्छ । 

-हरेक बिहान ऐनाको अघिल्तिर उभिएर स्वभाविक रुपमा हाँस्ने अभ्यास गरौं । हाँस्दा अनुहारमा बेग्लै चमक आउँछ । यो अभ्यासले प्राकृतिक रुपमै हामीलाई हाँस्ने बानी लगाउँछ । 

-कति व्यक्तिको स्वभाव नै हुन्छ, हाँस्ने । उनीहरु हरबखत हाँसिरहेका हुन्छन्, मुस्कुराइरहेका हुन्छन् । ति व्यक्तिहरुको संगत गरौं । 

-चाहे घरमा होस्, चाहे कार्यलयमा, एउटा यस्तो साथी बनाउनुपर्छ, जोसँग ख्याल ठट्टा गरिरहन सकियोस् । कुनै न कुनै बाहनामा चल्ने, जिस्कने, ठट्टा गर्ने अभ्यास गरौं । 

-हामीले धेरैजसो समय बिताउने भनेको परिवारसँग नै हो । दुखसुखको साझेदार पनि परिवार नै हो । त्यसैले परिवारमा हाँसो ठ्टटा गर्ने अभ्यास गरौं । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *