आजको राशिफल, कुन राशीको भाग्यमा के छ ?

मेष 

पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूङ्ग पनि मेलमिलाप हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । प्रेममा सफलता पाईनेछ । 

वृष 

null

प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । पेट सम्बधी समस्या आउला । आर्थिक कारोवारमा मन्दीका साथै सामान हराउन सक्नेछ । 

मिथुन 

पुनर्मिलनको योग रहेको छ । बिश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावनाछ । 

कर्कट 

कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । 

सिंह 

घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । शुभ यात्राको योगपनि रहेको छ । 

कन्या 

बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । कुविचारमा मन जानेछ । अनावश्यक धन खर्च हुनेछ । 

तुला 

कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । 

वृश्चिक 

घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त होला । सवारी साधनको खरिद बिक्री हुनेछ । 

धनु 

धनार्जनका नयाँ स्रोतहरूपत्ता लाग्नेछन् । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् । 

मकर 

शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । बैदेशिक क्षेत्र कमजोर रहला । 

कुम्भ 

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । अचल सम्पत्तिको कारोवार हुनेछ । 

मीन 

विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । रमाइलो यात्राको योगपनि रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *