क्यानको निलम्बन फुकुवा हुने निश्चितः सिलवाल

३० भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभाबारे सहमति जुटेसँगै निलम्बन फुकुवा निश्चित भएकोे बताएका छन् । अक्टोबरमा बस्ने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को बोर्ड बैठकले क्यान माथिको निलम्बन फुकुवा गर्ने उनको दाबी छ । क्यानको अधिवेशन असोज १० र ११ गते सहमति भएको छ । 

स्वतन्त्र टोलीले बोलाएको विशेष साधारणसभा रोक्न राखेपले निर्देशन दिएपछि आईसीसीका प्रतिनिधि इमरान ख्वाजा र अमर शेख काठमाडौं आएका थिए । आईसीसी प्रतिनिधि र राखेपका सदस्यसचिव सिलवालबीच सोमबार भएको छलफलमा अधिवेशन असोज १० र ११ गते सहमति भएको हो । 

सदस्य सचिव सिलवालले आफूले आईसीसीका प्रतिनिधिसँग निलम्बन फुकुवा लगायतका विषयमा पनि कुराकानी गरेको बताए । ‘क्यान निलम्बनको फुकुवाबारे छलफल भएको छ । उहाँहरु सकारात्मक हुनुहुन्छ । म आशावादी छु यहिबाट क्यानको फुकुवा हुनेछ र नेपाली क्रिकेटले निकास पाउनेछ ।’ सिलवालले भने । 

नेपाली क्रिकेटको ग्रास रुटदेखि विकास गर्न आईसीसीसँग छलफल गरेको पनि राखेप सदस्य सचिव सिलवालले जिकिर गर्दै अब नेपाली क्रिकेटमा विवाद नरहेको र क्यानमा जो आएपनि राम्रो हुने बताए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको तीन वर्षभन्दा बढी समय भइसकेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =