मदिरा सेवन गराई युवतीमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ

असोज ५, विराटनगर । किशोरीलाई जबरजस्ती मदिरा सेवन गराई बलात्कार गर्ने ४ जना पक्राउ परेका छन् ।   

मोरङ प्रहरीले ग्रामथान–७ स्थित केराघारीमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा उनीहरुलाई शनिबार राति नियन्त्रणमा लिएको हो ।   

पक्राउ पर्नेहरुमा ग्रामथान गाउँपालिका–५ बस्ने सुरेश थानदार,  कमल पुरी, बेलबारी–५ बस्दै आएका सन्तोष कुमार माझी र  प्रकाशकुमार थारू रहेका छन् ।   

किशोरीलाई युवकहरूले मदिरा सेवन गराइ करणी गरेको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।   

उनका अनुसार शनिबार राति करिब १ बजे करणी भएको खबर आएको थियो । लगतै घटनास्थल पुगेको प्रहरीले शनिबार राति नै घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।   

घटनामा संलग्न चारै जना किशोरीसँग चिनजान भएका व्यक्ति हुन् । मदिरा सेवनपछि अर्धचेत भएको अवस्थामा करणी भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।   

पक्राउ परेकाहरूलाई जवर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =