नेपालमै पनि अनाैठाे प्रचलन जहाँ दाउराकाे भारी दिएर विवाहको प्रस्ताव राखिन्छ

भाद्र २३, गोरखा । कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ। छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ। 

नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोको नाउँमा एक रुपैयाँ पनि कारोबार हुँदैन। उत्तरी गोरखाका गुरुङ समुदायको बस्तीमा केटाले दाउराको भारी दिएर विवाहको प्रस्ताव गर्छन्। 

दाउरा स्वीकार भए विवाह पनि स्वीकारेको अर्थ लाग्छ। केटीले जसको भारी हो बोकेर उसकै घरमा लगेर छाडिन् भने अस्वीकार गरेको बुझ्नुपर्ने यस्तो प्रथा धार्चे गाउँपालिकाका लापुलगयात सातवटै वडाका गाउँबस्ती, बारपाक स्वाँरा, सौरपानी, घ्याच्चोकमा प्रचलित छ। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।   

Image result for दाउराको भारी बोक्दै

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *