‘धिमे धिमे’का गायक टोनीको २ गते काठमाडौँमा लाइभ कन्सर्ट हुँदै

भाद्र ३१, काठमाडौँ । चर्चित गायक  टोनी कक्कडले काठमाडौँमा लाइभ कन्सर्ट गर्ने भएका छन् । 

नेहा कक्कडका भाई टोनीले आगामी २ गते बिहिबार ठमेलस्थित ’क्लब फहरेन्हाइट’मा लाइभ कन्सर्ट गर्न लागेका हुन् ।   

सि.एन.आई. इभेन्ट्सले आयोजना सम्पन्न हुन लागेको उक्त लाइभ कन्सर्ट  बिहिबार साँझ ८ बजे देखी सुरु भइ बिहान ४ बजेसम्म चल्ने बताईएको छ ।   

Image result for ‘धिमे धिमे’का गायक टोनी

‘कोका कोला तु’, ’धिमे धिमे’, ’मिले तो हुम’ ’ओह हमसफर’ जस्ता चर्चित गीत गाएर हिट भएका टोनीले एक भिडियो सार्वजनिक गर्दै उक्त कन्सर्टमा सबैलाई सहभागी हुन अनुरोध समेत गरेका छन् ।   

भिजिट नेपाल २०२० को अवसर पारेर सम्पन्न हुन लागेको यस कन्सर्टमा कार्यक्रमको सुरुवातमा दि फ्रिकस्ट्रिट ब्याण्डको प्रस्तुतिबाट हुने बताईएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *