भूकम्प जाँदा एकको मृत्यु, २९ घाइते

भाद्र २२, छेन्दु ।  चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ ।  स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् ।   

घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।  स्थानीय समय अनुसार आइतबार बिहान ६.४२ बजे आएको उक्त भूकम्प ५.४ म्याग्नीच्युडको रहेको थियो ।   

भूकम्पका कारण कम्तीमा १७ घर पूर्ण रुपमा भत्किएको र अरु २१५ घरमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । एजेन्सी 

Image result for भूकम्प

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *