नेकपा प्रदेश कार्यालय इटहरीमा तालाबन्दी
२०७६ भदौ ३१ गते

भदौ ३१, इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को इटहरीस्थित प्रदेश कार्यालयमा तालाबन्दी गरिएको छ ।
इटहरी नगर कमिटी गठनबाट असन्तुष्ट नेकपा युवा नेताको समूहले मंगलबार इटहरी प्रदेश कार्यालयमा तालाबन्दी गरेका हुन् । केही वर्षअघि मात्रै इटहरी आएका काशीनाथ दंगाललाई नगर कमिटी सचिव बनाएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । दंगाल लामो समय खोटाङबाट राजनीति गरेका थिए ।
पार्टीको विधान मिचेर नगरसमिति बनाइएको भन्दै उक्त असन्तुष्ट समूहले संशोधनको माग गरेको छ । स्थानीय र पार्टीमा लामो समय योगदान गरेकालाई पहिलो प्राथमिकता दिनुपर्ने उनीहरुको भनाइ छ ।

२०७६ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








