भारतमा हनी ट्रयापः ५ सुन्दरी सहित युवक पक्राउ, राजनीतिक दलका ठूला नेतालाइ समेत ट्रयापमा

असाेज ३, भारत । भारतको मध्य प्रदेशमा हनी ट्रयापको डरलाग्दो घटना सार्वजनिक भएको छ । घटनामा संलग्न पाँच सुन्दर युवतीसहित अर्का एक युवक पक्राउ परेका छन् ।  

आफ्नो सुन्दरतालाई हतियार बनाएर उनीहरुले विभिन्न राजनीतिक दलका केन्द्रीयस्तरका नेतालाई समेत ट्रयापमा पारेका थिए । केही मन्त्रीसमेत उनीहरुको जालमा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

मन्त्री र उच्च सरकारी अधिकारीसँग सेक्स भिडियो बनाएर उनीहरुले करोडौँ रुपैयाँ असुलेको सार्वजनिक भएको छ । सरकारी निकायका दर्जनौँ व्यक्ति हनी ट्रयापमा परेका छन् । हनी ट्रयापको समूहले सूची नै बनाएर रकम असुल्ने गरेको थियो । मन्त्री, राजनीतिक दलका नेता र उच्च सरकारी अधिकारीसँग पुग्न विभिन्न जुक्तिको प्रयोग भएको छ । 

केही पत्रकारलाई समेत हनी ट्रयापमा पारेर उच्च सरकारी ओहोदामा बसेका व्यक्तिको सूची तयार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

हिडेन क्यामेराको प्रयोग गरेर अश्लील भिडियो बनाउने र उक्त समूहले रकम असुल्ने गरेको पुलिसले जनाएको छ । पुलिस अनुसन्धानका क्रममा दर्जनौँ नेताहरुको अश्लील भिडियो भेट्टिएको छ । 

इन्दौरका एक वरिष्ठ अधिकारीको भिडियो सार्वजनिक भएपछि उनैको उजुरीका आधारमा हनी ट्रयाप समूहको पहिचान भएको थियो । एक दिनअघि मात्र उक्त समूहलाई पुलिसले पक्रेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *