अनाैठाे यी महिला जसले दौडमा घोडालाई टक्कर दिन सक्छिन्

भाद्र २४ । विश्वमा अनेक थरीका मानिसहरु हुन्छन् । कतिले त त्यही अनौठोपनका कारण विश्व रेर्कडसम्म पनि बनाएका छन् । दुनियाँमा मानिसहरुको अनौठो खालको प्रतिभाहरु हुन्छन् ।  

जुन अन्य मानिसको तुलनामा अनौठो अनि आश्चर्यजनक हुन्छ । तपाईहरुले बिभिन्न अनौठा खालको प्रतिभा भएका मानिसहरु पनि देख्दै आउनु भएको होला । यस्तै आज हामी तपाईहरुलाई यस्ती अनौठो प्रतिभा भएकी महिलाको बारेमा जानकारी दिन गईरहेका छौं । 

यी महिला मानव भएर पनि घोडा जस्तै दौडिन्छीन् । नर्वेकी एक महिलाको दौडीने क्रममा क्यामेरामा कैद भिडियो पछिल्लो समय भाईरल भएको छ । जसमा उनले चार हातखुट्टा टेकेर घोडा जस्तै दौडिरहेकी छीन् ।  

नर्वेकी आयला किर्स्टिन नामक यी महिलाको भिडियोमा चार हातखुट्टा टेकेर घोडा जस्तै गरि दौडिरहेकी छिन् । उनीसँगै उनको कुकुर पनि देखिएको छ । उनको यो कलाले धेरैलाई चकित बनाएको छ । एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *