घुस माग्ने कर्मचारीकाे कारमा भैँसी बाँधी दिएपछी…

भाद्र ३० ।  नेपालमा पछिल्लो समय कमिसनका कारण जनता तनावमा छन् । सानो काम सम्पन्न गर्नको पनि अधिकारीहरुलाई घुस दिनुपर्ने पिडा नेपालीहरुले लामो समय देखि भोग्दै आएका छन् । घुस अर्थात भष्ट्राचार भारतमा पनि ठुलो समस्यामा रुपमा देखिएको छ । 

भारतको मध्य प्रदेशमा एक सरकारी अधिकारीले घुस मागेपछि सेवाग्राहीले उनको कारमा भैँसी बाँधेका छन् । मध्य प्रदेशको विदिशा जिल्लामा यो घटना भएको हो । त्यहाँका एक सरकारी अधिकारीले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस मागेका थिए । 

तर रकम नभएको भन्दै सेवाग्राही भूपेन्द्र सिंहले आफूले पालेको भैँसीलाई घुस माग्ने कर्मचारीको कारमा बाँधेका हुन् । अहिले यो तस्बिर साजिक सञ्जालमा छाएको छ । भूपेन्द्र सिंहले भनेका छन् ‘म पछिल्लो ६ महिनादेखि आफ्नो परिवारको जग्गाको काम गर्न कार्यालय गएँ तर मेरो काम भएन । 

उल्टै घुस माग्न थालियो । मसँग पैसा थिएन । भएको सबैभन्दा महँगो सम्पत्ति भनेकै भैँसी थियो । त्यसैले मैले घुस माग्ने कर्मचारीलाई भैँसी दिएको हुँ ।’ तर भूपेन्द्र सिंहले लगाएको आरोप सरकारी कर्मचारी सिद्धार्थ सिंघले अस्वीकार गरेका छन् । 

उनले भूपेन्द्र सिंहले यो काम चर्चामा आउनका लागि मात्रै गरेको आरोप लगाएका छन् । प्रहरीले यो घटनाको थप अनुसन्धान गरिहरेको छ । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *