हप्तादिनको राशिफल आजै, यी राशीका व्यक्तिहरुको भाग्य बलियो

आज मिति २०७६ साल असोज ११ गते शनिबार, तदअनुसार सेप्टेम्बर महिनाको २८ तरिख, सन्  २०१९ । तपाईंको यो साताभरीको राशिफल यस्तो छ ।  मेषयो सातामा रमाईलो यात्राको योग रहेको छ । परिवारसंग रमाइलो भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । पारिवारिक सद्भाव बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सजिलै अरूको विश्वास जित्न सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । बोलीको प्रभाबपनि बढ्नेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ । 

वृषसातामा तिर्थाटन तथा रमणीय यात्राको योग छ । लक्ष्मीको शुभ दृष्टि रहला, मनमा उत्साहका साथै बोली बिक्ने समयछ । साताको मध्यबाट बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ । 

मिथुनशुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । 

null

कर्कटबोलीको विपरीत अर्थ लाग्न सक्नेछ । खर्चको मात्रा बढ्नेछ । प्रेममा मनमुटाव आउला । आर्थिक सङ्कट छाउला । मानसिक चिन्ता बढ्नेछ । मध्य साताबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग सेतो वा पहेंलो हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । सरकारी निकाएको भय रहला । 

सिंहयो साता मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । शैक्षिक क्षेत्रपनि कमजोर रहनेछ । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ । 

कन्यायो साता रमणीय र सुखद् यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । आफ्नै लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनपर्ने व्यक्तिको साथ पाईएला । मध्य सातामा अरूको भरपर्दा धोकामा परिनेछ । अङ्क गणित तथा सेयर कारोबारमा पनि नोक्सानी हुनसक्छ । यो साताका लागि शुभअङ्क २,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुभगवानको स्मरणगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । 

तुलायो साता सामान हराउने वा धनमाल नष्ट हुने भय छ । विचार गरेर निर्णय लिनु उचित होला । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । साताको उत्तरार्धबाट आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । व्यापार व्यवसायमा फाईदा होला । यो साताका लागि शुभअङ्क ३,५,र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । 

वृश्चिकयो साता बाहन सुख मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । रोकिएको धन हाता पर्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । मध्य सातामा बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग हरियो वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ । 

धनुलामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनोरञ्जनमा सहभागीता भइएला । रोमाञ्चक यात्रा हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । मध्य सातामा भने महत्त्वपूर्ण कार्यमा व्यवधान आउनुका साथै आर्थिक कारोवारमा बिवाद आउनेछ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ । 

मकरयो साता नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाईलो यात्राको कासाथै स्वादिष्ट भोजनको योग रहेको छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । यो साताका लागि शुभअङ्क १,२ र शुभरङ्ग घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 

कुम्भयो साता स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । पारिवारीक समस्या रहला । सामान हराउनपनि सक्नेछ सचेत रहनुहोला । मध्य साताबाट आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग गाढा पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्टदेवको स्मरणगरी यात्रा गर्दा लाभ मिल्नेछ । 

मीनयो साता शुभ समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामाभने काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *