तपाईंको आजको राशिफल

भदौ १९, काठमाडौँ । आज २०७६ साल भदौ १९ गते बिहीबार, तदअनुसार सेप्टेम्बर ५ ,२०१९ lमेषआज आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप लाग्न सक्छ । व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्नेछ । 

वृषआदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । 

मिथुनअरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ । 

null

कर्कटपठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । 

सिंहगरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । 

कन्याशुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । 

तुलावैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । 

वृश्चिकभाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । 

धनुमनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएल सचेत रहनु होला । 

मकरनजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ । 

कुम्भएकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । 

मीनजोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *