आजको राशिफलः यी राशी भएका व्यक्तिहरुको भाग्य बलियो

असोज ८, काठमाडौँ । आज मिति २०७६ साल असोज ८ गते बुधवार, तदअनुसार सेप्टेम्बर महिनाको २५  तारिख सन् २०१९ ।  

मेषअभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । पढाइमा बाधा आउनेछ । 

वृषधनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले फाइदा नै पुर्याउनेछ । 

null

मिथुनहोसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । 

कर्कटआज पूजा पाठमा मन जानेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । 

सिंहविश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । 

कन्यामनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । 

तुलाटाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । 

वृश्चिकआज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । 

धनुमेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्नेछ । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । श्रमअनुसार फाइदा कमै होला । 

मकरआत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । 

कुम्भक्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । 

मीनभाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *