थन्किएका जहाजको पार्किङ शुल्क करोडौँ, दैनिक २ लाख तिर्नुपर्ने

असोज १०, काठमाडौँ । नेपाल वायुसेवा निगमका १४ मध्ये ८ जहाज ‘ग्राउन्डेड’ छन्। तिनको प्रयोगहीनता त छँदैछ, विमानस्थलमा थन्किएबापत तिर्नुपर्ने शुल्क निकै महँगो पर्छ। वाइडबडी जहाज थन्किँदा पार्किङ शुल्क मात्र दिनको करिब दुई लाख रुपैयाँ तिर्नुपर्छ। एक साताभन्दा लामो समयदेखि एउटा वाइडबडी विमानस्थलमा छ। 

त्यसले दैनिक १६ सय ९८ अमेरिकी डलर भाडा तिर्नुपर्छ। हालको विदेशी विनिमय दर ११३ रुपैयाँअनुसार यसले दैनिक १ लाख ९१ हजार ८७४ रुपैयाँ तिर्छ। ‘विमानस्थल सेवा शुल्क विनियमावली २०६७’ अनुसार कुनै पनि जहाजलाई तीन घण्टासम्म पार्किङ निःशुल्क गरिएको छ। त्यसपछि हरेक ६ घण्टामा एक पार्किङ हुन्छ। एक दिनलाई चार पार्किङ हिसाब गरेर नागरिक उड्डयन प्राधिकरणले दैनिक पार्किङ शुल्क तोक्छ। यो जहाजको तौलअनुसार लाग्छ। 

निगमसँग एक वर्षदेखि ग्राउन्डेड एउटा बोइङ छ। १९० सिट क्षमताको बी७५७ एसीबी नामको यो जहाज २०७५ मंसिरदेखि ग्राउन्डेड छ। यसले पार्किङ शुल्क दैनिक ५५९.२० अमेरिकी डलर (६३ हजार १८९ रुपैयाँ) तिर्छ। यो मासिक करिब १८ लाख ९५ हजार हुन्छ। मंसिरयता १० महिनामा यसले १ करोड ८९ लाख ५६ हजार ८ सय ८० रुपैयाँ तिरिसकेको छ। 

null

प्राधिकरणका अनुसार उडान अनुमति सकिएको जहाजका लागि २५ प्रतिशत मात्रै शुल्क लाग्छ। उडानयोग्य नभएको तथा निगमले बीबी एयरबेजलाई बिक्री गरेको अर्को बोइङ बी७५७ एसीएले भने त्यो सुविधा पाएको छ। यो जहाज चार वर्षदेखि ग्राउन्डेड छ। बीबीले किनेको यो जहाजको नामसारी भइसकेको छैन। निगमले यो जहाजको हाल दैनिक १७५ डलर (१७ हजार ७ सय ४१ रुपैयाँ) तिर्दै आएको छ। यस्तो शुल्क मासिक पाँच लाख ३२ हजार २३० रुपैयाँ हुने गरेको छ। 

निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार हालसालै यो जहाजको डि रजिस्टे«सन भइसकेको छ। ‘अब यसको सम्पूर्ण दायित्व बीबीमै गएको छ। पार्किङ शुल्क पनि उसैले तिर्नेछ’, उनले भने। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *