तपाईंको हप्ता दिनको राशिफलत, शुभ अंक र शुभ रंगसहित

भदौ २१, काठमाडौँ । 

मेषयो साता लामो समयदेखि रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । आफन्तहरुको सहयोगले कार्यहरु अगाडी बढ्नेछन । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद नै रहनेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभ रङ्ग हरियो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । 

वृषयो साता ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साझेदारीको काम तथा सानातिना समस्यामा अल्झिनुपर्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । साताको मध्यमा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग कालो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 

null

मिथुनपर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक नसोचेको ठाउँ बाट धन हात पर्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क ६,९ र शुभरङ्ग कलेजी वा पहेंलो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 

कर्कटशुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो दुरीका लाभदायक यात्रा रहलान् । यात्राका विशेष अवसर मिल्ने छन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग ध्वाँसे वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको ध्यान गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ । 

सिंहसामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । भौतिक साधन जुटाउने समय छ । चिताएको कामले तीव्रता लिनेछ । साताको अन्त्यमा परिवारमा मायामा कमी आउनेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग घ्यूरङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ । 

कन्याकलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । स्वास्थ्य सम्बन्धि बिशेषगरि पेट सम्बन्धि समस्याले सताउला । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग कालो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 

तुलायो साता मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क १,४ र शुभरङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ । 

वृश्चिकएकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । 

धनुशुभकार्यको चर्चा चल्नेछ । नयाँ-नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । मध्य सातामा यात्रामा मालसामान हराउन सक्छ र नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । 

मकरकार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । मध्य साताबाट व्यापारमा मनग्ये धनलाभ हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग हरियो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ । 

कुम्भशुभकार्यको चर्चा चल्नेछ । राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग नीलो वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 

मीनयो साता पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कला र गलाको प्रभाव बढ्नेछ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *