आजको पञ्चांग र राशिफलः आफ्नो भाग्य थाहा पाउनुहोस्

भदौ २७, काठमाडौँ । वि.सं. २०७६ भदौ २७। शुक्रबार। इ.स. २०१९ सेप्टेम्बर १३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। चतुर्दशी, ६:३८ उप्रान्त पूर्णिमा। नक्षत्र– शतभिषा, २०:१० बजेउप्रान्त पूर्वभाद्रपदा। योग– धृति, २१:५० बजेउप्रान्त शूल।  

करण– वणिज, ६:३८ बजेदेखि भद्रा, १९:३९ बजेउप्रान्त वव। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ५:४८ बजे, सूर्यास्त– १८:१० बजे र दिनमान ३० घडी ४ पला। पञ्चक। कुमारी इन्द्रजात्रा। स्वाँछाय्। लड्कु ढँडार मष्टोपूजा। पूर्णिमा व्रत। सदगुरु श्री देवचन्द्र महाराजको धामगमन। 

मेषपदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । कला र गलाको प्रभाव बढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्न पाईएला । 

वृषरोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । 

मिथुनसुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । 

कर्कटधर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ । रोमाञ्चक यात्रा होला । 

सिंहआँटेको र ताकेको कार्य पुरा होला । प्रेमीको सहयोग पाइनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । 

कन्याअनुहारमा कान्ति र मनमा शान्ति छाउला । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । शत्रु क्षय होलान् । 

तुलाधार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । 

वृश्चिकअधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा निरासा र शरीरमा आलस्य आउला । व्यवसायमा मन्दी आउनेछ । कार्यमा बाधा आउनेछ । 

धनुआफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । 

मकरसोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । पेट सम्बन्धि समस्याले सताईरहनेछ । 

कुम्भआज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्रापनि रहला । शुभारम्भको चर्चा चल्नेछ । 

मीनआज सानातिना समस्यामा अल्झिनुपर्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव आउनसक्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *