‘पोई पर्यो काले’को शीर्ष गीत यस्तो बन्यो

भाद्र २२, काठमाडौँ ।   शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको  चलचित्र  ‘पोई पर्यो काले’को शिर्ष गीत  काठमाडौँमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । 

करिब पाँच मिनेटको यस  शिर्ष गीतको भिडियोमा साैगात मल्ल, आकाश श्रेष्ठ, पुजा शर्मा, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर र सुरक्षा पन्त लगायत कलाकारको ठुम्का देख्न पाईन्छ । 

यस गीतलाई  गायक रामचन्द्र काफ्ले र  गायिका अन्जु पन्तले स्वर दिएका छन् भने अर्जुन पोखरेलको संगीत दिएका छन् ।  नृपेश उप्रेतीको शब्द रहेको यस गीतलाई  छायाँकन शिव ढकालले गरेका हुन् ।   

चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपालीले लगानी गरेका छन्। किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा अमलादेवी राई कार्यकारी निर्माताको रुपमा  रहेकी छिन् ।   

चलचित्रमा नायिका पूजा  नायक सौगातको श्रीमती रुपमा दर्शक समक्ष देखा पर्नेछिन् । चलचित्रको मिति भने तिहारको अवर पारेर कार्तिक ८ गतेलाई तय भएको छ ।  

भिडियाे हेर्नुस्  

https://youtu.be/bNozwMbyAsk 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *