मंगलसूत्र साँढेले निलेपछि अप्रेशन गर्दा यस्ताे भएपछी…

असाेज ३ ।  पछिल्लो समय एक अनौठो घटना निकै चर्चामा आइरहेको छ । एक साँढेले लाखौ मूल्यको गहना खाइदिएपछी एक दम्पती निरास बनेका छन् । उनीहरुले जोगाएर राखेको लाखौको गहना एक्कासी  साँढेले खाइदिएपछि उनीहरुले धेरै सकस व्यहोरेका छन् । यो अनौठो र चर्चामा रहेको घटना भारतको हो । भारतको महाराष्ट्रको अहमदनगरका ती दम्पतीको गहना एक साँढेले खाइदिएको हो । 

दम्पतीले पोला पर्वको अवसरमा पूजा गर्दै थिए । पोला पर्वमा साँढेको पूजा गर्नु निकै राम्रो मानिन्छ । यस पर्वमा साँढेलाई गहनाहरु लगाइदिएर पुजा गर्ने चलन छ । यसै पर्वको दिन अहमदनगरको रायटे वाघापुर गाउँका दम्पतीले साँढेको पूजा गर्दै आफ्नो २ लाख ४० हजार नेपाली रुपैयाँ बराबरको सुनको मंगलसूत्र लगाइदिए । पुजा गरिसकेपछी साँढेलाई लगाइदिएको मंगलसुत्र पत्निले थालिमा राखिन । गहना राखेको थालिमा रोटी पनि थियो । त्यसै समय बत्ति गयो । 

पत्नि मैनबत्ति लिन घरभित्र गइन् । उनी मैनबत्ति लिएर आउदा थाली रित्तो थियो । साँढेको मुखमा हेर्दा मंगलसूत्र चपाइरहेको थियो । हात हालेर झिक्न प्रयास गर्दा साँढेले आधा निलिसकेको थियो । त्यसपछी ती दम्पतीलेले हरेक दिन साँढेले दिसा गरेको समयमा हेर्ने डिउटी गर्न थाले । 

तर एक हप्ता बित्ता पनि गोबरमा मंगलसूत्र देखिएन । त्यसपछी उनीहरु चिकित्सककोमा गएर सल्लाह गरे । साँढेको पेटको आमासयमा मंगलसूत्र रहेका थाहा पाएपछी शल्यक्रिया गरी मंगलसूत्र निकालिएको छ। यस घटनाको अहिले निकै चर्चा बढिरहेको छ । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *