तापईंको आजको राशिफल

भदौ १६, काठमाडौँ । आज २०७६ साल भदौ १६ गते सोमवार, तदअनुसार सेप्टेम्बर २ ,२०१९मेषधार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । ज्ञान र अध्यात्मको भावना जाग्न सक्छ । 

वृषशुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । 

मिथुनस्वास्थ्यप्रति सजक रहनु होला । दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । 

null

कर्कटलाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । 

सिंहरमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ । 

कन्यापरिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन लाग्नेछ । 

तुलाआफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त संग मनमुटाव बढ्ला । सामान हराउनपनि सक्नेछ समय छ, सचेत रहनु होला । 

वृश्चिकहर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ । 

धनुअधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । 

मकररमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । 

कुम्भदबाब र तनाव बढेको महसुस हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । कार्य सम्पादनमा समस्या आउला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । 

मीनरोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *