आईजीपी सर्बेन्द्र खनाल अर्थात ‘समुदाय-प्रहरी साझेदारी’ अभियानका सर्जक

काठमाडौं, २४ भदौ । राजधानी काठमाडौं स्थित चन्द्रगिरी नगरपालिका-१५ तीनथाना गढी डाँडामा हिजो शनिबार बिहानै केहि नेपाल प्रहरी कर्मचारीहरुको उपस्थिति भयो ।आक्कल झुक्कल सुरक्षाकर्मी देख्न पाइने स्थानमा पोशाक सहितका प्रहरीको उपस्थितिले स्थानीयहरु चनाखो भए । 

गढि डाँडाका स्थानिय एकले भने किन आज पिपलबोट मन्दिरमा प्रहरीहरु आएछन् ? अर्काले शब्दको वाक्यांश नटुंगिदै भने समुदाय-प्रहरी साझेदारीको गठनका लागि हो क्या । 

यस्तै चहल पहल बढेको छ मुलुक भर स्थानीयदेखि केन्द्र सम्म नेपाल प्रहरीको साझेदारी अभियान । प्रहरीले पछिल्लो समय जनता अर्थात आमनागरिकसँग हिमचिम बढाउने गजब तरिका अघि सारेको छ । जसलाई सामुदाय प्रहरी साझेदारी कार्यक्रम नामकरण दिइएको छ । 

जसले प्रत्यक्ष नागरिकसँगका सम्बन्धलाई कसीका रुपमा स्थापित गर्दै अघि बढेको छ । नेपाल प्रहरीका प्रहरी महानिरिक्षक अर्थात आईजीपी सर्बेन्द्र खनाललाई यस कार्यक्रमको प्रमुख श्रेय अर्थात ‘उपाधी’ संगठनले दिँदा अतियुक्ती नहोला । 

उनले नेतृत्व सम्हालेसँगै आम नागरिकमा ल्याइएको पहिलो महत्वपुर्ण कार्यक्रमले दिर्घकालिन रुपमा फड्को मार्ने छनक नछिपाईकन देखिएको छ । जसले साख:को ‘कद’ उचाल्ने बनाएको छ । 

पृष्ठभूमि 

स्थानीय तहमा निहित सामाजिक न्याय, सुरक्षा, मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतनाको दायित्व तथा सामुदायिक साझेदारीको माध्यम समेतबाट अपराध नियन्त्रण र रोकथाम गर्ने प्रहरीको मूलभूत दायित्वको बीचमा सामञ्जस्यता कायम गर्दै नेपाल प्रहरी र स्थानीय तहबीच समझदारी कायम गरी साझा संयन्त्रहरुको माध्यमद्वारा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न ‘समुदाय-प्रहरी साझेदारी’ को अवधारणा अवलम्बन गरि अघि बढाइएको हो । 

२०७५ कार्तिक ११ गते गृहमन्त्री रामबहादुर थापा र आइजीपी सर्बेन्द्र  खनालको उपस्थितीमा समुदाय-प्रहरी साझेदारी कार्यक्रमको शुभारम्भ भएको थियो । त्यसैले पनि मुलुकभर देखिएको प्रभावकारी र सक्रियतालाई मध्येनजर गर्ने हो भने खनालले संगठन भित्र आफ्नो कार्यकालमा एउटा महत्वपुर्ण इट्टा थपेको सम्मान इतिहासले गर्नेछ ।  र गर्वका साथ फड्को मार्ने छ । 

समुदाय-प्रहरी साझेदारी समितिको गठन प्रक्रिया   

स्थानीय तहमा सामुदायिक सुरक्षा साझेदारीताको रुपमा स्थानीय तह, नेपाल प्रहरी,सामुदायिक र सामाजिक संघ संस्थाहरु, विद्यालयहरु र समाजका लब्ध प्रतिष्ठित समाजसेवीहरुको सहभागितामा जिल्ला प्रशासन कार्यलया प्रमुख अर्थात सिडिओको संयोजकत्वमा,महानगरपालिका,नगरपालिका र पालिकाको हकमा निर्वाचित प्रमुखकै संयोजकत्वमा ,कलेज, बिद्यालयको हकमा कार्यलय प्रमुख अर्थात प्रिन्सिपलकै संयोजकत्वमा संरचना तयार हुदै आएको छ । 

हाल सम्म महानगरहरु सहित ७ प्रदेशका जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति, विद्यालय समिति गरि जम्मा २२१८४ समिति गठन भएका छन् । 

प्रत्यक्ष प्रभाव 

हो यहि कार्यक्रमलाई शिरमा राखेर प्रहरीका विभिन्न कार्यक्रमहरु अघि बढेका छन् । समुदाय-प्रहरी साझेदारीकै कार्यक्रम अन्तरगतका सदस्य मार्फत गत हप्ता भएको चाइनिज नागरिकले गरेको एटीएम काण्ड प्रर्दार्फास भएको छ । 

जुन काण्ड भारतमा समेत भएको थियो तर भारतले अहिले सम्म पत्ता लाउन सकेको छैन तर नेपाल प्रहरीले उनीहरुलाई कानुनी कठघरामा दर्ज गरिसकेको छ । यो एउटा दृष्टान्त हो । उदाहरणिय प्रभावलाई थप मजबुत गराउन अरु जिम्मेवार भएर बढ्नु पर्ने हुन्छ । 

प्रहरीका काम कारबाहीमा जनविश्वासले सुचनाको आदन प्रदानमा थप सहजता ल्याएको छ । त्यसैगरि ऋऋत्ख् ,सामुदायिक अभिमुखीकरण अस्पताल सरसफाइ,सामुदायिक कार्यक्रम, विद्यालय सम्पर्क कार्यक्रम, 

प्रहरीसँग १ दिन, Anti Ragging Campaign सार्वजनिक सुनुवाई कार्यक्रमले तिब्रता पाएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान हरेक तह र तप्काका प्रहरीहरुलाई भ्याइनभ्याई भएको छ । 

स्थानीय तह र साझेदारसँगको समझदारी (Memorandum of Understanding) 

समुदाय-प्रहरी साझेदारीलाई साझा रुपमा कार्यान्वयन गर्नको लागि हालसम्म ७५३ स्थानीय तह तथा साझेदारको रुपमा त्रिभुवन विश्व विद्यालय, कीर्तिपुरसँग समझदारीपत्रमा हस्ताक्षर भई संरचना निर्माण र कार्यक्रम कार्यान्वयन भैरहेको प्रहरी तत्थ्यांकमा उल्लेख छ । 

हुन पनि  उच्च समान, शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम दु्तगतिमा बढाएको देखिन्छ । प्रहरीले समेत समाजलाई हेर्ने दृष्टीकोणमा छलांग मारेको छ । संगठनको जिम्मा लिएका नेतृत्वकर्तामा बोली,बचन समेत फेरिएका छन् । भाषामा शिष्टता मौलाएको छ । सभ्यता बढेको छ । ब्यवहार र आचारणमा परिवर्तन देखिएको छ । सोझै नागरिकको सम्बन्ध कार्यलय प्रमुख हुँदै माथिल्लो तह सम्म बढेको छ । 

प्रहरीलाई अवसर 

जनचेतनाको गुणस्तरियाता बृद्धीका कारण प्रहरीलाई समेत अनैतिक क्रियाकलाप र आर्थिक अनियमिताका मामिलामा थप जिम्मेवारीपन बढाएको छ । सर्तक हुने अवसर पनि जुटाएको छ । नागरिकमा पनि हामी विनाबर्दीका प्रहरी हौं । प्रहरी पनि नागरिक हुन् भन्ने अपनत्व बढ्दै गएको छ । 

कुन प्रहरी कार्यलयले कति यस्ता कार्यक्रम गरे लेखाजोखा हुने पनि गरेको छ । समाज र प्रहरी बिचको खट्को पुर्ने काममा अहिले यो कार्यक्रम पुल बनेर आएको छ । जनतामा समेत उत्साह छाएको छ । वास्तवमा नचपाईकन भन्ने हो भने प्रहरीलाई समाजले हेर्ने दृष्टीकोणमा बृहतररुपमा परिवर्तन देखिएको छ । 

विषय केन्द्रित तालिम 

समुदाय-प्रहरी साझेदारी अन्तर्गतको प्रहरी विद्यालय सम्पर्क कार्यक्रमका मानव बेचविखन, ‘साईवर सुरक्षा’ र लागूऔषध नियन्त्रण’ सम्बन्धी जनचेतनामुलक गतिविधिहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने अभिप्रायले विभिन्न कार्यक्रम संचालन भइरहेका छन् ।   

‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ उक्त अभियान केन्द्रदेखि गाउँ र टोलसम्म सञ्चालन भइरहेको छ ।   

प्रशिक्षक प्रशिक्षण अभिमुखीकरण 

समुदाय-प्रहरी साझेदारीको अवधारणालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न तथा विभिन्न लक्षित समूहलाई दिइने प्रशिक्षणमा एकरुपता ल्याउन पहिले प्रहरी स्वयं स्पष्ट तथा सक्षम हुनु पर्ने देखिएको हुँदा महानगरीय प्रहरी लगायत प्रदेश कार्यालयबाट छानिएका प्रहरी कर्मचारीहरूलाई अभिमुखिकरण तालिम प्रदान गरिएको प्रहरी प्रदान कार्यलयले जनाएको छ । 

समाज र विभेद 

समाजमा हुने हत्या, हिंसा, छुवाछुतलाई छिचोल्न यस्ता कार्यक्रमले ठुलो साथ दिएको छ । बर्णहीनता र रंग विभेदका लागि कुनै असर नरहोस् । अहिलेको डिजिटल युगको प्रारम्भमा यस्ता सक्रियताले मानव जिवन अझ प्रभावकारी ढंगबाट अघि बढ्न प्रेरणा मिलोस् । सो अभियानले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारी लक्ष्य प्राप्त गर्न सहयोगी बन्ने प्रहरी अधिकारीहरुको विश्वास छ । 

गृह प्रशासन सुधार योजना, कानूनी प्रावधान र गृह मन्त्रालयले ल्याएको ८२ बुँदे अवधारणालाई समेत आत्मसात् गरी उक्त अवधारणा प्रहरीले अघि सारेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *