प्रचण्डको आश्वासनः रेशम चौधरी स–सम्मान छुट्छन्

असोज ५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलाली–१ बाट निर्वाचित सांसद रेशम चौधरी जेलबाट स–सम्मान छुट्ने आश्वासन दिएका छन् ।   

थारूहरूको पर्व जितियाका अवसरमा सुनसरीको झुम्कामा आयोजित सभामा अध्यक्ष दाहालले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी जेलबाट रिहा हुने बताए ।   

‘टीकापुर घटनाका सबै ‘झुटा मुद्दा’ खारेज गर्ने राजनीतिक–सैद्धान्तिक सहमति भइसकेको छ । अब केही दिनमै कैलाली–१ बाट निर्वाचित र अदालतले जन्मकैदको फैसला सुनाएर जेल चलान भएका रेशम चौधरी ससम्मान रिहा हुनेछन्’, उनले भने ।   

Image result for प्रचण्ड

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफू पनि संविधान संशोधन गर्नुपर्ने पक्षमा भएको बताए । उनले भने, ‘म दोस्रोपटक प्रधानमन्त्री बन्दा संविधान संशोधन गर्न संसदमा दुईपटक प्रस्ताव दर्ता गरेँ । अहिले पनि संविधान संशोधन गरेर अगाडि बढ्नुपर्छ ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *