अनौठो गाउँ जहाँ श्रीमती गर्भवती नहोस् भनी ध्यान दिन अनुरोध गरिन्छ

असाेज १० ।  संसारको कुनै पनि स्थानमा बस्न केही शर्त पालना गर्नैपर्ने हुन्छ । केही कानूनी जिम्मेवारीहरू हुन्छन् । जस्तै, नेपाली नागरिकसँग नेपाली नागरिकता हुनै पर्छ । अन्य मुलुकबाट आएका व्यक्तिसँग पनि पासपोर्ट र भिसा हुनु आवश्यक छ । आफ्नी पत्नी गर्भवती नहोऊन् भनी ध्यान दिन समेत अनुरोध गरिन्छ । 

तर, अन्तार्कटिकामा एक यस्तो बस्ती छ, जहाँ लामो समयसम्म बस्ने व्यक्तिले एपेन्डिक्सको अपरेशन गर्नु प्रमुख शर्त हो । अन्टार्कटिका धेरै चिसो महाद्वीप हो । तर, यस्तो बिरानो द्वीपमा पनि केही बस्तीहरू आवाद भएका छन् । त्यस्तै, भिलास लास एस्ट्रेलास नामक एक बस्तीमा खोज अनुसन्धान गर्ने उद्देश्यले वैज्ञानिकहरू बसोबास गर्छन् । 

त्यस्तै, यस बस्तीमा चिलीका वायुसेना र थल सेनाका जवानहरू पनि रहन्छन् । प्रायः सैनिकहरू यहाँ आउनेजाने गरिरहन्छन् । तर, कतिपय वैज्ञानिक र सैनिकहरू आफ्नो परिवारसहित यहाँ लामो समयसम्म रहन्छन् । यहाँको वस्तीमा करीब सयजना मानिसहरू बस्छन् ।   

ajaako_artha

यहाँ कुनै सानो सहरमा हुने जति पनि सुविधा छैन । तथापि, आवश्यकता अनुसार जनरल स्टोर, बैंक, स्कुल, सानो हुलाक घर र अस्पताल बनाइएको छ । विद्यालयमा बालबालिकालाई आधारभूत शिक्षा त दिइन्छ, तर अस्पतालमा अत्यन्त साधारण उपचार मात्र मिल्छ । अन्तार्कटिकामा एक ठूलो अस्पताल त छ, तर त्यो अस्पताल यो बस्तीबाट हजार किलोमिटर टाढा छ ।   

अस्पतालसम्म पुग्न बाटोमा ठूलाठूला बर्फका पहाडहरूलाई छिचोलेर अगाडि बढ्नुपर्छ । त्यहाँ कुनै ठूलो रोगको स्पेशलिष्ट छैनन् । त्यहाँ सीमित डाक्टर छन्, ती पनि ठूला सर्जन होइनन् । त्यसैले भइपरी आउने समस्याबाट बच्न एपेन्डिक्सको अपरेशन गर्नु यहाँका मानिसको पहिलो शर्त नै मानिएको छ ।   

यहाँका मानिसको जीवन अचम्म लाग्दो छ । त्योभन्दा अचम्म यो ठाउँ छ । दिशाको सङ्केत गर्ने चिह्नहरू देखेर नै यो ठाउँ कति अनकण्टार र घना बस्तीबाट कति टाढा रहेछ भन्ने थाहा हुन्छ । यहाँ आवश्यक सामान हवाई जहाजबाट ल्याइन्छ । नजिकैको क्षेत्रामा जान ४ डब्ल्यूडी ट्रक र राफ्टिङ बोटको आवश्यकता पर्छ । यस क्षेत्रको औसत तापक्रम वर्षभर माइनस २।३ डिग्री सेल्सियस रहन्छ । यो अन्तार्कटिकाको अन्य क्षेत्रको तुलनामा धेरै गर्मी हो ।   

बर्फको ढिक्काबाट बनाइएका केही घरहरू पनि यहाँ छन् । घरभित्रको सजावट पनि राम्रो छ । घरको भित्तामा वैज्ञानिकहरूको तस्वीर टाँगिएको देख्न सकिन्छ । ती तस्वीरहरूमध्ये एक तस्वीर स्टिफन हकिङ्सको पनि छ ।   

यहाँका मानिसहरूले ठण्डीबाट आफूलाई जोगाउनु ठूलो चुनौती हो । जाडो मौसममा यहाँको तापक्रम माइनस ४७ डिग्रीसम्म पुग्छ । यस्तोमा कयौं दिन घरभित्रै कैद भएर रहनुपर्ने पनि हुन सक्छ । यहाँ बस्ने मानिसहरू यदि परिवारसहित बसेका छन् भने आवश्यक मेडिकल सुविधा नभएकाले आफ्नी पत्नी गर्भवती नहोऊन् भनी ध्यान दिन अनुरोध गरिन्छ । 

यहाँ पेन्गुइनलाई मानिससँग कुनै डर छैन, उनीहरू मानिसको वरिपरि आनन्दले घुमिरहन्छन् । तर, तापक्रम धेरै कम भएमा समुद्रमा पनि बर्फ जम्छ र तिनीहरूको पनि मृत्यु हुन्छ । यहाँ रहेको सैन्य क्याम्पबाट केही पर अग्लो ठाउँमा एक ट्रिनिटी नामक रूसी चर्च पनि छ । यसलाई एक रुसी पादरीले बनाएको मानिन्छ ।   

विलास लास एस्ट्रेलास संसारको त्यस्तो भाग हो जहाँ अन्य कुनै ग्रहमा रहेजस्तो अनुभव गर्न सकिन्छ । यहाँ रहन धेरै चुनौतीको सामना गर्नुपर्छ । तर, यहाँ बस्ने मानिसहरूसँग जस्तो अनुभव हुन्छ, त्यो संसारको सायदै अरु कोहीसँग होला । बीबीसीबाट 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *