निद्रामा सुन्दर तस्बिर बनाउँने यी व्यक्ति

भाद्र १८  । धेरैजसो मानिसको निद्रामा हिँड्ने वा बर्बराउने बानी हुन्छ । तर एक यस्ता व्यक्ति छन् जो निद्रामा तस्बिर बनाउँछन् । उनको नाम हो ली हेडविन । 

उनी ब्रिटेनको वेल्श सुबेको कार्डिफ शहरमा बस्छिन् । ली हेडविन जब चार वर्षका थिए तब उनले भित्तामा चित्र बनाउन सुरु गरेका थिए । 

यति भनेपछि तपाईंले भन्नुहोला कि यो उमेरका कुन बच्चाले भित्ता नरङ्गाउलान् । अन्य बच्चा र लीमा फरक यो थियो कि उनी सुत्ने बेला चित्र बनाउँथे । उनी जतिजति हुर्कंदै गए, सुतिरहेका बेला चित्र बनाउने उनको क्षमता थप सुध्रँदै गयो  । 

यी व्यक्ति जस्ले बनाउछन निद्रामा सुन्दर तस्बिर

जब उनी १५ वर्षका थिए तब हेडविनले हलिउड अभिनेत्री मर्लिन मुनरोका तीन चित्र बनाएका थिए । तर आज उनलाई यसबारे केही याद छैन । रोचक कुरा के छ भने सुतेका बेला चित्र बनाउने ली हेडविन जागा अवस्थामा कुनै चित्र बनाउन सक्दैनन् । 

निद्रामा चित्रकला कसरी ? 

लीको यो अचम्म गरिदिने कलाबारे कार्डिफ युनिभर्सिटीकी पेनी लुइसले अनुसन्धान गरेकी छिन् । उनका अनुसार सुत्नेबेला चित्र बनाउनु, उनको आधा सुतेको र आधा जागेको मस्तिष्कका कारण हो । 

पेनी लुइसका अनुसार मानिसहरु निद्रामा कोल्टे फेर्छन् । बर्बराउँछन् वा हिँड्न थाल्छन् । यो सबै हाम्रो दिमागमा चलेको उथलपुथलको नतिजा हो । यो निकै सामान्य घटना हो । 

तर ली हेडविनको मामला योभन्दा पनि अगाडि बढेको छ । उनी पेन्सिल, ब्रस वा यहाँसम्म की हड्डीले पनि चित्र बनाउन थाल्छन् । यो सबै सामान्य हुन्थ्यो यदि उनले जागेको अवस्थामा यस्तो गरेको भए ।  

पेनी लुइसका अनुसार लीको दिमागको बनावट र काम गर्ने तरिका दुबै निकै जटिल छ । उनी यो मसलालाई बुझ्ने कोसिस गरिरहेकी छिन् । उनी भन्छिन्, ‘जब हामी सुतिरहेका हुन्छौं तब हामी हाम्रो शरीर पनि सुतिरहेको छ भन्ने ठान्छौं । तर, हाम्रो दिमागको एउटा हिस्सा त्यतिबेला पनि निकै सक्रिय हुन्छ ।’ 

त्यसले जागा भएको बेला गरिने कामको अभ्यास गर्छ । नयाँ कुरा र नयाँ कौशल सिकाउँछ । यादहरुलाई साँच्छ । हाम्रो मस्तिष्कसँग यति काम हुन्छ कि सुत्ने फुर्सद नै हुँदैन । 

ली हेडविन भन्छन्, ‘सुतिरहेका बेला मेराे शरीरमा कुनै कला प्रदर्शनीको विचार आउँछ । जसमा विभिन्न सेक्सन हुन्छ । म धेरैजसो यसै सेक्शनको हिसाबले चित्र बनाउने गर्छु । 

पेनी लुइसका अनुसार सुत्ने बेला हाम्रो दिमागको तर्क गर्ने हिस्सालाई निद्रा लाग्छ । तर दिमागको त्यो हिस्सा जसले भावना महसुस गर्छ र त्यसलाई नियन्त्रित गर्छ, त्यो जागा रहन्छ । यसलाई लिम्बिक ब्रेन भनिन्छ जुन सुतिराख्दा पनि जागा हुन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *