बाल दिवशको अवसरमा हाजिरीजवाफ प्रतियोगिता

भाद्र २९, चितवन ।   २४ औं राष्ट्रिय बाल दिवशको अवसरमा रत्ननगर ११ स्थित पञ्चतेजज्योति आधारभुत विद्यालयमा सामुदायिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । 

पञ्चतेजज्योति आधारभूत विद्यालय  र रत्ननगर समृद्धि बाल क्लबको संयुक्त आयोजना तथा लुमन्ति आवासको लागि सहयोग समुहको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।  

प्रतियोगितामा जमुनापुर आधारभुत विद्यालयको अशोक भुजेल, स्मृति मगर र पुर्णिमा गुरुंगको टोली प्रथम, पञ्चतेजज्योति आधारभुत विद्यालयको रमिता प्रजा, किरण प्रजा र योजकुमार चेपांगको टोली द्धितिय र वैरिया मा.वि.का अदिति आचार्य, रुस्मा भट्ट र प्रदीप बस्यालको टोली तृतिय हुन सफल भएका थिए ।  

विद्यालयका अध्यक्ष कुल बहादुर गुरुङको अध्यक्षतामा भएको प्रतियोगितामा रत्ननगर ११ का कार्यवाहक अध्यक्ष विष्णु ओझाको प्रमुख आतिथ्यता, लुमन्तिका संयोजक शिंह लामा र विभिन्न ९ वटा विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको थियो ।  

सो अवसरमा रत्ननगर ११ ले  एक थान ल्यापटप कम्प्युटर विद्यालयलाई हस्तान्तरण गरिएको थियो । साथै रत्ननगर उद्योग वाणिज्य संघको सहयोगमा विद्यालय र गामवेशीको चेपांग संरक्षण केन्द्रलाई विभिन्न खाद्यान्न सामग्री, मसलन्द र खेलकुदका सामग्रीहरु हस्तान्तरण गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =