जनतालाई भ्रममा पार्ने अराजक तत्वहरुको प्रतिवाद गर्नुपर्छः प्रचण्ड

असोज ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल (प्रचण्ड) ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।   

संविधानको चौथो वार्षिक उत्सवको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको   बताए ।   

उनले जनताको त्याग र बलिदानबाट संविधानका बनेको स्मरण गर्दै संविधानको लागि जीवनोत्षर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे ।   

संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, उत्पिडित, पिछडिएका वर्ग, क्षेत्र लगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चिततालाई संस्थागत गरेको उनको भनाइ छ ।   

प्रचण्डले जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने दिवा सपना केही अराजक तत्वहरुले देख्ने गरेका भन्दै जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुको प्रतिवाद गर्नुपर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *