खैरहनीका बाल क्लवलाई खेलकुद सामाग्री

भाद्र २९, चितवन । राष्ट्रिय वाल दिवसको अवसरमा आईतवार खैरहनी नगरपालिकाले नगर भित्रका वाल क्लवहरुलाई खेलकुदका सामाग्री वितरण गरेको छ ।
दिवसको अवसरमा नगर भित्रका ११ वटा वाल क्लवहरुलाई चेस, भलिवल,फुटवल,नेटजाली लगायतका सामाग्री वितरण गरिएको नगरपालिकाको महिला तथा वालवालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङले जानकारी दिईन् ।
खैरहनी नगर उपप्रमुख सुनिता थपलिया,सामाजिक विकास शाखा प्रमुख एवंम् खैरहनी ७ का वडा अध्यक्ष मनेजर महतोले क्लवका पदाधिकारीहरुलाई खेल सामाग्री हस्तान्तरण गरेकी थिईन् । बाल दिवसकै अवसरमा आईतबार नै बाल अधिकारका बारे अर्न्तक्रिया गरिनुका साथै विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताका बिजेता विद्यालयहरुलाई पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा प्रथम भएको इन्टरनेशनल इंग्लिस मोर्डन स्कुल,द्धितिय भएको खैरहनी माध्यमिक विद्यालय र तृतिय भएको नेपाल आर्दश शिक्षा सदनलाई पुरस्कृत गरिएको थियो । खैरहनी नगर प्रमुख लालमणी चौधरीको अध्यक्षतामा भएको अर्न्तक्रियामा वाल अधिकारका बारे मानवअधिकारकर्मी संजय चौधरीले सहजीकरण गरेका थिए । कार्यक्रममा वाल क्लवका प्रतिनिधी, अभिभावक, जनप्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।









