विप्लव जी वार्ताका लागि सिधै काठमाडौँ आउनुहोस्ः जनार्दन शर्मा

भदौ २०, तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाली जनता अब बन्दुक, बारुद्ध र बमका विरुद्धमा भएकाले यी कुरा त्यागेर वार्तामा आउन नेत्र विक्रम चन्द ‘विप्लव’लाई आग्रह गरेका छन् ।   

प्रेस संगठन नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता शर्माले   राजनीतिक निकासका लागि सिधै काठमान्डौमा वार्ता गर्न आउन आग्रह गरे । उनले भने ‘विप्लव जी सिधै काठमाडौँ आउनुहोस् समाजवादको कार्यक्रम लागू गर्न, समाजवादी क्रान्तीलाई अघि बढाउन, भ्रष्टाचारका विरुद्ध लड्न र जनताको पक्षमा बोल्न छलफल गरौँ सबै कुरा समाधान हुन्छ ।’   

संविधानले दिएका अधिकारलाई कार्यान्वय गर्न सबै मिल्नुको विकल्प नभएको नेता शर्माको जोड थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *