तीन दिनको मौसमः मेघ गर्जनसहित पानी पर्ने, छाता बोक्न नबिर्सिनुहोला

मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपास अवस्थित छ । साथै बंगालको खाडीको उत्तर पश्चिमि भागमा एउटा निम्न चापिय प्रणाली बनेको छ ।  हाल देशभर सामान्यदेखि पूर्णतया बदलिको अवस्था रहेको छ । साथै पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   

दिनभर देशभरी आंसिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाका साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना हुने भएकोले सामान्य सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।   

आगामी तीन दिनको मौसम पूर्वानुमान 

null

भाद्र १७  गते (मंगलबार) 

दिउँसोः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्वी र मध्य पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।   

रातिः देशका अधिकांस स्थानहरुमा सामन्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिम र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।   

भाद्र १८  गते (बुधबार) 

दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडि भेगका केहीस्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

रातिः देशभरी सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पश्चिम र मध्यका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।   

भाद्र १९ गते (बिहिबार) 

दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडी  भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रेहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *