सिंगापुरमा हुने क्रिकेटका लागि नेपाली टिमको घोषणा

असोज २ काठमाडौँ । बिहीबार तीन देशबीचको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । 

सिंगापुरमा यही सेप्टेम्बर २७ तारिखबाट सुरु हुने यस खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिम घोषणा भएकाे हो । 

पारस खड्का, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कारण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा र रोहितकुमार पौडेल लगायतको १५ सदस्यीय राष्ट्रिय टिम काे  घोषणा गरिएकाे छ ।  

नेपालका प्रमुख प्रशिक्षक उमेश पटवालले बिहिबार पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएका हुन् ।  टिममा नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनुभवी बलर बसन्त रेग्मी र ब्याट्सम्यान शरद भेषावकर भने समावेश गरिएकाे छैन । 

कुशल मल्ल र इशान पाण्डे पहिलोपटक टिममा परेको यस खेलमा  दीपेन्द्रसिंह ऐरीले अब उपकप्तान समाहाल्नेछन्। 

नेपालले जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल २८ सेप्टेम्बरमा आयोजक सिंगापुरसँग खेल्नेछ । डबल राउन्ड रोबिनको आधारमा खेलाईने सिरिजमा नेपालले जिम्वाबेसँग अक्टोबर १ र सिंगापुरसँग अक्टोबर २ तारिख खेल्नेछ ।   

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =