कुखुराको भालेले महिलाको ज्यान लिएपछी

भाद्र २२ । अष्ट्रेलियामा कुखुराको भालेले ठुंगेर एक जना महिलाको ज्यान लिएको छ ।   

कुखुराको ठुंगाईबाट ७० कटेकी ती महिलाको मृत्यु भएको घटनाबाट प्याथोलोजिष्टहरु पनि आश्चर्यमा परेका थिए । त्यसैले सत्यतथ्य बुझ्न प्याथोलोजिष्टहरुको एउटा समूहले अनुसन्धाननै गरेको समाचारमा उल्लेख छ।   

अनुसन्धानबाट प्राप्त निष्कर्ष अगष्टको अन्त्यतिर प्रकाशित ‘जर्नल फोरेन्सिक साइन्स’मा छापिएको छ ।   

Related image

युनिभर्सिटी अफ एडेलेड र नेदरल्याण्डको फोरेन्सिक इन्टीच्युटका प्याथोलोजिष्ट संलग्न अनुसन्धानमा महिलाको मृत्युबारे भनिएको छ ,‘अष्ट्रेलियामा घरमा पालिएको एउटा कुखुराको भालेले एक महिलाको देव्रे खुट्टामा आक्रमण गरेको थियो । भालेको ठुङगाईले महिलामा अनियन्त्रित रक्तश्राव भएपछि उनको निधन भयो ।’ 

‘कुखुराको भालेले महिलाको खुट्टामा पहिलेदेखि सुन्निएको नसा (भ्यारिकोस भेन) मा ठुङ्ग्न पुगेको थियो । रक्तनली फुटेर अत्यधिक रक्तश्राव हुदाँ उनको मृत्यु भएको देखिन्छ’ अनुसन्धान पेपरमा लेखिएको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *