घर भित्र बाढी पसेपछि यी दम्पतीले गरे राेचक हर्कत

असाेज १२ । यो दुनियाँमा अनेक थरीमा मान्छेहरु हुन्छन् । पछिल्लो समय एकदम स्वार्थी र लोभि हुँदै गएका छन् । कुनै प्राकृतिक विपतमा सहयोग गर्नुको सट्टा सेल्फी खिच्दै वस्नु यसका केही उदाहारण हुन् । 

यो बीचमा भारतको प्रयागराजमा आएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । घरभित्रै बाढी पसेपछि मानिसहरु तनावमा छन् । तर, त्यही बाढीको पानी आफ्नो घरभित्र पसेपछि एक जोडी भने रमाइलो गरिरहेको देखिएका छन् । प्रयागराजमा एक घरमा पानी पसेपछि एक जोडीले त्यसको आनन्द लिएको भिडियो बाहिर आएको छ । 

पतिसँगै उनकी पत्नीले हात समात्दै सीढीमा गएकी छिन् र पुनः पानीमा डुब्दै पौडन सिकिरहेकी छिन् । उनीहरुले घरभित्र छिरेको पानीमा नै डुबुल्की मार्दै रमाइरहेका छन् । अहिले उनीहरुको यो हर्कत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *