एक सुत्केरी महिला तीन पुरुष पिता भएको दाबी गर्दै अस्पताल पुगेछी…

फाेटाे फाइल 

असाेज २, भारत । कोलकत्तामा एक शिशुको जन्मको विषयले अचम्मको मोड लिएको छ । त्यहाँको एक स्थानीय अस्पतालमा गर्भवतीले शिशुको जन्म दिइन् तर शिशुको पिता बनेको दाबी गर्दै अस्पताल पुगेका छन् । 

सबैभन्दा पहिले दुईजना अस्पतालमा राखिएको शिशुको लागि झगडा गर्न थाले । झगडापछि अस्पतालले प्रहरी बोलायो । प्रहरीले दुवैजनालाई विवाहको प्रमाण ल्याउन भन्यो । पहिलो व्यक्ति प्रमाण दिन गए भने दोश्रो प्रमाण लिएर आए । तर महिलाको आमाले दोश्रो व्यक्तिलाई आफ्नो ज्वाईं मान्न तयार भइनन् । 

Related image

महिलाको स्वास्थ्य अवस्थाको कारण महिलासँग भेट्न दिइएको थिएन । प्रहरीले शिशुको आमालाई भेटेर बच्चाको पिता सोधिने बताएको छ । त्यही समय एक तेश्रो व्यक्ति पनि आएर शिशु आफ्नो भएको दाबी गर्छन् । 

शनिबार अस्पताल एक युवक र महिलाकी आमाले महिललाई अस्पताल भर्ना गरेका थिए । महिलकी आमासँग आएका युवकले पनि आफू बच्चाको पिता भएको भन्दै एडभान्स रकम जम्मा गरेका थिए । २१ वर्षीय महिलाले आइतबार छोरी जन्माएकी हुन् । 

प्रहरीको अनुसन्धानबाट पहिलो व्यक्ति पति नभई साथी भएको पुष्टि भएको छ । पछि महिलाले प्रहरीसँगको कुराकानीमा दोश्रो व्यक्ति अर्थात विवाहको प्रमाण लिएर आउने पुरुषलाई नै आफ्नो पति भनेकी थिइन् । उनीहरुले गत अप्रिलमा विवाह भएको थियो । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *