आजबाट देशभर ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शन

असोज ३, काठमाडौँ । नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीद्वारा अभिनित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आजबाट देशभरको हलमा एकसाथ प्रदर्शमा आएको छ  ।   

चलचित्र ‘कबड्डी’को दोस्रो सिक्वेलको रुपमा बनेको ‘कबड्डी कबड्डी कबड्डी’ले देशभरका मल्टीप्लेक्स र सिङ्गल थियटर दुबै हात पार्न सफल भएको छ ।   

चलचित्रमा  नायक राई र नायिका ठकुरीसँगै रीश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, अरुणा कार्की लगायतका कलाकारको अभिनय रहेको छ  ।  बाँसुरी फिल्मस्को निर्माण रहेको यस चलचित्रमा स्वजातीय विवाह र अन्तरजातिय प्रेम सम्बन्ध अन्तरद्वन्द्वमा आधरित राखेर  बनार्ईएको छ ।   

Image result for ‘कबड्डी कबड्डी कबड्डी’

रामबाबु गुरुङको निर्देशन गरेको यस चलचित्रको जय नेपाल चलचित्र हलमा बिहिबार  प्रिमियर शो समेत गरिएको थियो । उक्त  प्रिमियर शो हेर्न कलाकार र रङ्गपत्रकारको बाक्लो उपस्थिती रहेको थियो धेरैले चलचित्र राम्रो बनेको र  मन परेको समेत बताएका थिए । 

मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियारको लगानी रहेको यस चलचित्रमा निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन रहेछ ।   

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *