साम्रज्ञीको ‘रातो टीका निधारमा’ को ट्रेलर सार्वजनिक

भाद्र १८, काठमाडौँ । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक अंकित शर्माद्वारा अभिनित चलचित्र ‘रातो टीका निधारमा’को ट्रेलर युटुब मार्फत सार्वजनिक गरिएको छ । 

दशैँको मुखैमा प्रर्दशन मिति तोकिएको यस चलचित्रमा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाल लगायतका कलाकारको भूमिका रहेको छ ।   

करिब ३ मिनेटको सार्वजनिक ट्रेलरमा नायिका साम्राज्ञीलाई एउटा गाउँले केटीको भूमिका प्रस्तुत गरिएको छ भने नव नायक अंकितलाई वैदेशिक रोजगारमा मान्छे पठाउने एजेन्टको रुपमा देखाईएको छ ।   

Image result for साम्राज्ञीको ‘रातो टीका निधारमा’

अशोक शर्माद्वारा निर्देशित पुरानो चलचित्र ‘अल्लारे’ को  ‘रातो टीका निधारमा’ बोल रहेको  गितलाई नै शिर्षक राखिएको यस चलचित्रमा अशोक कै  निर्देशन तथा निर्माण  रहेको छ । यस चलचित्रका नव नायक अंकित  निर्देशक तथा निर्माता अशोकको नै छोरा हुन् । उनले यही चलचित्रबाट छोरा अंकितलाई चलचित्रमा डेब्यु गराएका हुन् ।   

असोजको १० गते प्रदर्शन मिति तोकिएको यस चलचित्रको ट्रेलर हेरेपछी धेरैको नजर अंकित शर्मामाथि परेको छ । चलचित्रको पहिलो रोमान्टिक गीत सार्वजनिक भएसँगै अंकितलाई लिएर विभिन्न खालका टिकाटिप्पणी भएको थियो । 

उनले अभिनय गर्न नजानेको, रोमान्टिक भूमिकामा नखुलेको लगायतका टिप्पणी भएको थियो ।  तर, यसको ट्रेलर  हेरेपछि भने चलचित्रकर्मी र पत्रकारले उनको प्रशंसा गरेका छन् ।  गीत हेर्दा अंकितप्रति निराश भएका चलचित्रकर्मी र पत्रकार ट्रेलर हेरेपछि आशावादी देखिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *