तपाईंको साताभरिको राशिफलः आफ्नो भाग्य हेर्नुहोस्

भदौ २८, काठमाडौँ । आज मिति २०७६ साल भदौ २८ गते शनिबार, तदअनुसार सेप्टेम्बर महिनाको १४ तारिख सन् २०१९ । 

तपाईंको यो साताभरिको राशिफल  

मेषपुरानो समस्या सुल्झाउन सकिनेछ । घरमा धार्मिक कृत्यको योगछ । सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । वैचारिक मनमुटाव बढ्नेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । 

null

वृषकीर्तिमानी काम गर्ने समय छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ । 

मिथुननजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ । 

कर्कटताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । सानो भुलका कारण अपमानित बन्न सक्नुहुन्छ । चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । बुधबार पछिका दिनमा सहजता महसुस होला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सेतो वा कालो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । 

सिंहदैनिक कार्यमा प्रगति हुनेछ । आस मारेको काम बन्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । साताको मध्यमा आर्थिक कारोवारमा मन्दी आउनेछ । मन खिन्न हुने स्थिति आउनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग पहेँलो वा गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । 

कन्यानयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल मिल्नेछ । साताको उत्तरार्धबाट सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । 

तुलारमणीय र सुखद् यात्राको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साताको अन्त्यमा दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग खौरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ । 

वृश्चिकमनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । मध्य सातामा भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग गुलाबी वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ । 

धनुलामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । व्यापार व्यवसायबाट लाभ हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनसक्छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । प्रेममा मधुरता छाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । राज्यबाट मान सम्मानपनि पाइनेछ । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । 

मकरनयाँ कार्यको योजना बन्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । समाजिक कार्यमा मन जाला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बोलीको प्रभावपनि बढ्नेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ । 

कुम्भधार्मिक कृत्यको योगछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ । छोटो दुरीको लाभदायक यात्रा होला । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ । 

मीनयात्रामा मालसामान हराउन सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भयपनि रहनेछ । साताको उत्तरार्धबाट नयाँ काम वा रोजगार पाईनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ६,८ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *