म्यानचेष्टर सीटीका खेलाडी लिरोए साने घाइते, ७ महिना मैदान बाहिर रहने

साउन २५, ऐजेन्सी । म्यानचेष्टर सीटीका खेलाडी लिरोए साने घाइते भएपछि मैदान बाहिर रहने भएका छन् । उनको घुँडामा लागेको चोटका कारण चिकित्सकको सल्लाह बमोजिम रेस्ट गर्नु पर्ने भएकाले उनी करिब ७ महिना मैदान बाहिर रहने भएका हुन् । उनी मैदान बाहिर रहने भएपछि म्यानचेष्टर सीटीलाई भने ठूलो झड्का लागेको छ । केही दिनअघि प्रि–सिजनको मैत्रीपूर्ण खेल खेल्ने क्रममा उनी घाइते भएका थिए । उनको लिगामेन्टमा चोट लागेको छ । उनको घुँडाको आउँदो साता बार्सिलोनामा शल्यक्रिया हुँदै छ । 

उनी घाइते भएसँगै अब म्यानचेष्टरलाई घाटा लागेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =