स्कुलको पाँच बिघा जग्गा ‘धनी सुकुम्बासी’लाई

भदौ ५, काठमाडौँ । विद्यालयको ५ बिघा १ कठ्ठा जग्गा व्यक्तिका नाममा दर्ता गरिएको छ। रौतहटको गुजरा नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालयको कित्ता नम्बर १३७ को एउटै प्लटको जग्गा २०६७ सालमा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले व्यक्तिलाई बाँडेको हो। 

सुकुम्बासीका नाममा पुख्र्यौली सम्पत्ति भएका व्यक्तिलाई नै विद्यालयको बाँडेको पाइएको छ। जग्गा सुमित्रादेवी सापकोटा, नवराज खुलाल र पनिलाल चौधरीका नाममा पास गरिएको छ। पनिलालको जग्गा छोरा शंकर चौधरीको नाममा नामसारी भइसकेको छ। 

सुमित्रादेवीको नाममा १ बिघा १० कठ्ठा, खुलालको नाममा १० कठ्ठा र चौधरीको नाममा १० कठ्ठा जग्गा मालपोत कार्यालय रौटहटले पास गरिदिएको छ। अरू जग्गा पनि हड्पिएको छ।   

null

सुकुम्बासीको नाम लिएर उनीहरूले यो जग्गा अन्य व्यक्तिलाई बेचिसकेका छन्। सुमित्रादेवीको जग्गा कित्ताकाट गरी कित्ता नम्बर ६८० को एक बिघा मकवानपुरका सुशीलप्रसाद सिनुरियालाई बिक्री गरिएको छ भने कित्ता नम्बर ६६१ को १० कठ्ठा जग्गा मुन्नाप्रसाद सिनुरियालाई बेचिएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्टबाट लिएका हौँ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *