अचम्म पाँचतले विल्डिङ नदीमा यसरी हिंडेपछी…

 

साउन १७ । सोसीयल मिडियामा हरेक दिन अपत्यारिला भिडियोहरु अपलोड भइरहेका हुन्छन । यस्ता भिडियो देख्दा लाग्छ के यो सम्भव छ ? 

यस्तैमा ट्वीटरमा एक भिडियो भाइरल भएको छ । नदिमा हिड्दै गरेको पाँचतले विल्डिङ सोसल मिडिया तहल्का मच्चाउन सफल भएको छ । चीनको याङजी नदिमा हिड्दै गरेको पाँचतले भवनलाई लिएर एक ट्वीटर प्रयोगकर्ताले भिडियो सेयर गर्दै भनेका छन, “यस्तो चिज चीनमा मात्रै हुन सक्छ ।” 

null

वास्तवमा यो पाँचतले विल्डिङ फ्लोटिङ रेष्टुरेन्ट हो । जसलाई एक ठाउँबाट अर्काे ठाउँमा स्थानान्तर गरिदैछ । चिनियाँ मिडियाले जनाए अनुसार उक्त रेष्टुरेन्टले अधिक प्रदुषण फैलाएका कारण स्थानीय प्रशासनले हटाउन आदेश दिएको थियो । 

इम्प्रेशन जियान्गजीन नामको उक्त पाँचतले रेष्टुरेन्ट प्रशासनको आदेशपछि पानीजहाज मार्फत याङ्जी नदिबाट अर्काे स्थानमा लगिन थालिएको हो । एजेन्सी 

भिडियाे हेर्नुस् 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *